हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द


लेखक : सुन्दराञ्चल      माघ १२, २०७९ मा प्रकाशित     
हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द

जुम्ला १२ माघ, । हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ ।

मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए ।

आज जुम्लामा मौसम सफा छ । तर, धावन मार्गमा हिउँ जमेकाले आज पनि हाज अवतरण हुन नसकेको श्रेष्ठले बताए ।

आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap