काठमाडौं ११ माघ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् ।
कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताएका छन् ।