कस्तो रहला त आजको मौसम ?


लेखक : सुन्दराञ्चल      माघ ३, २०७९ मा प्रकाशित     
कस्तो रहला त आजको मौसम ?

 काठमाडौं ३ माघ, । आज पनि मौसममा आंशिकदेखि सामान्य बदली आएको छ । पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ भने तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा हिमपात हुने सम्भावना छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।

राति पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । यो क्रम आगामी बिहीबारसम्मै कायम रहने महाशाखाले जनाएको छ ।

बिहीबार भने हिमपातसँगै सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षाको पनि सम्भावना रहेको छ । यो वर्ष हिउँद जानै लाग्दा पनि वर्षा हुनसकेको छैन ।

आज तराईको भू-भागमा हुस्सु र कुहिरो लागेका कारण सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap