मानिस सुतिरहेको बेला ओछ्यानबाट किन खस्दैन ?


लेखक : सुन्दराञ्चल      पुस २५, २०७९ मा प्रकाशित     
मानिस सुतिरहेको बेला ओछ्यानबाट किन  खस्दैन  ?

काठमाडौं २५ पुस, । अपवादलाई छाड्ने हो भने मानिस सुतिरहेको बेला ओछ्यानबाट सामान्यतः खस्दैन । ओल्टे-कोल्टे फर्कन नसक्ने साँघुरो ओछ्यानमा सुत्दा पनि मानिस हतपत ओछ्यानबाट लड्दैन ।बिरामी कुरिरहेको बेला अस्पतालको बेञ्चमा वा काम गर्दागर्दै कार्यस्थलका साँघुरा स्पेशमा सुतिरहेको मानिस लड्दैन ।

निदाएको मानिस घुर्छ, निद्रामै कुरा गर्छ, हाँस्छ, रुन्छ वा अनेकौं गतिविधि गर्छ तर ओछ्यानबाट लड्दैन ।

बीबीसीले यसबारे अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकले गरेको एक अनुसन्धानको नतिजाबारे रोचक खबर लेखेको छ ।अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर रसेल फोस्टरले भन्छन्, ‘यो चाखलाग्दो छ किनभने हामी सुत्दा हामी हाम्रो वरपरको संसारबाट पूर्णतया विच्छेदित छौं भन्ने सोच्दछौं, तर त्यस्तो होइन । यदि कसैले नजिकैबाट चिच्यायो भने हामी उठ्छौं ।’

शरीर निदाएको बेला पनि केही भागहरू सक्रिय नै रहन्छन् । ‘हाम्रो शरीरले रिसेप्टरहरूको मद्दतले जानकारी सङ्कलन गर्न जारी राख्छ र ती अंगहरू निश्चय नै निदाउँदैनन्,’ उनले भने।

प्रोफेसर रसेल अगाडि थप्छन्, ‘यो छैटौं इन्द्रियजस्तै हो । हामी बच्चा हुँदा यसले राम्रोसँग काम गर्दैन। त्यसैले हामी बच्चा हुँदा ओछ्यानबाट लड्छौं। उमेर बढ्दै जाँदा यसले गज्जबले काम गर्न थाल्छ ।’

 

मानिस निदाएको बेला उसले पूर्णरूपमा ‘ब्ल्याक आउट’ नगर्ने उनको तर्क छ ।

छैटौं इन्द्रियलाई दूरदर्शिता, अन्तर्ज्ञान वा अलौकिक संसारसँगको सञ्चारसँग सम्बन्धित भनेर बुझ्ने परम्परा छ ।

के तपाईं पनि सक्नुहुन्छ ?

अमेरिकाको पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका किनेसियोलोजी र न्यूरोलोजीका प्रोफेसर रोबर्ट सानबर्ग पनि यसको पछाडि ‘प्रोप्रियोसेप्शन’ अर्थात् शरीरको स्थिति र गतिशीलताबारे धारणा वा जागरूकतालाई जिम्मेवार रहेको मान्छन् ।

उनी भन्छन्, ‘प्रोप्रियोसेप्शन हाम्रो शरीरको ग्लोबल पोजिसनिङ सिस्टमको मुख्य हिस्सा हो जुन हामीलाई दैनिक जीवनमा नभई हुन्न ।’

सरल भाषामा बुझ्ने हो भने प्रोप्रियोसेप्शन भनेको हाम्रो शरीरको प्रत्येक भागबारे हामीले जानकारी राख्नु हो ।

हाम्रो मांसपेशी, जोर्नी र छालामा रिसेप्टरहरूले न्यूरो-फिजियोलोजिकल संकेतहरू प्राप्त गर्छन् जसले प्रोप्रियोसेप्शन सम्भव बनाउँदछ ।

उदाहरणका लागि, यदि तपाईंलाई दाहिने हातको औंलाले बायाँ हातको कुहिनो छुन भनियो भने के गर्नुहुन्छ ? पक्कै पनि तपाईं त्यता नहेरीकन यो काम गर्न सक्नुहुन्छ किनकि आफ्नो देब्रे हातको कुहिनो कहाँ छ भन्ने कुरा तपाईंको मष्तिष्कलाई पहिला नै थाहा छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap