कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने,


लेखक : सुन्दराञ्चल      पुस १२, २०७९ मा प्रकाशित     
कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने,

१२ पुस, काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई घटाउँदै पाँच दिनमा कायम गरिएको थियो । चीन सरकारले केही दिनयता लगातार कोभिडसँग सम्बन्धित प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेको छ ।

नयाँ नियम अनुसार चीनले कोभिडलाई ए श्रेणीको संक्रामक विरामीबाट बी श्रेणीमा झारेको चीनको स्वास्थ्य आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसको अर्थ अब क्वारेन्टिनमा बस्नुनपर्ने बीबीसीको समाचारमा उल्लेख छ ।

यसैगरी ‘नोबेल कोरोना भाइरस निमोनिया’को नाम परिवर्तन गरेर ‘नोबेल कोरोना भाइरस संक्रमण’ राख्ने निर्णय समेत भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

चीनमा कोरोना संक्रमणका बिरामीहरु बढिरहेको समाचार आइरहेका छन् । केही दिनअघि मात्रै विश्व स्वास्थ्य संगठनका अधिकारीले चीनमा बढिरहेको कोरोनाको लहर चिन्ता बढाउने किसिमको रहेको भनेर टिप्पणी गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भने मानिसहरुलाई कोरोनाबाट जोगाउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । त्यसका लागि अझ बढी प्रभावकारी उपाय आवश्यक रहेको उनको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap