धनगढी:पुष ६, त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पूर्वपक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरिएपछि वडा अध्यक्षबाट उनी निलम्बनमा परेका हुन् ।
वडा अध्यक्ष अयडी थुन चेक आदेशमार्फत कारागार पठाएपछि उनी वडा अध्यक्षबाट स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु प्रसाद वाग्लेले बताए ।
जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको बताए । उनी निर्दोस रहेको पुष्टि भएमा भने निलम्बन फुकुवा हुने उनले बताए ।
मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेशमार्फत वडा अध्यक्षसहित ९ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिल कार्यलय बाजुराले २४ जनाविरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।
२४ जना मध्ये १० जना मात्र प्रक्राउ गरेको थियो । एक जना मुटुको उपचारमा रहेकोले प्रहरीले ९ जनालाई मात्र जिल्ला अदालत पेश गरेको थियो । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाई ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारी गरेको छ ।