अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि


लेखक : सुन्दराञ्चल      पुस ४, २०७९ मा प्रकाशित     
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि

 काठमाडौं  ४ पुस,। अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् ।

उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले भने ।

उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने बताए
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap