महादेव गिरी संवाददाता,
धनगढी मंसिर २९, मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भइरहेको सुदूरपिश्चम महोत्सवको आज आठौं दिन रहेको छ ।
आज बिहीवार राष्ट्रिय गायक प्रमोद खरेल, चेतन बोहरा र स्थानिय कलाकारहरु को बेजोड प्रस्तुति रहने छ । हिजो बुधबार प्रकाश सपुत र टिका प्रसाई को बेजोड प्रस्तुति रहेको थियो भने स्थानिय कलाकारहूको पनि प्रस्तुति रहेको कैलाली उद्योग बाणिज्य संघले सुन्दराञ्चललाइ बताए ।
कैलाली उद्योग बाणिज्य संघका अनुसार यो महोत्सव हामी सबै सुदूरपश्चिमेली सबैको रहेकाले हामीले नै यो कला , संस्कृति, भेस भुसालाई माया गरिराख्नु प्रर्ने बताए ।
सुदूरपश्चिम महोत्सव सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना गर्दै आएको छ