महादेव गिरी संवाददाता,
धनगढी मंसिर २७, मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपिश्चम महोत्सवको आज छैठौ दिन रहेको छ ।
आज मंगलबार गायक सुगम पोखरेल, राजु कुस्मी र अन्जु कुस्मीको बेजोड प्रस्तुति रहेको थियो भने भोली बुधबार प्रकाश सपुत, टिका प्रसाई स्थानिय कलाकारहूको प्रस्तुति रहने कैलाली उद्योग बाणिज्य संघले सुन्दराञ्चललाइ बताए ।
कैलाली उद्योग बाणिज्य संघका अनुसार यो महोत्सव हामी सबै सुदूरपश्चिमेली सबैको रहेकाले हामीले नै यो संस्कृतिलाइ माया गरिराख्नु प्रर्ने बताए ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना गर्दै आएको छ