२६ मंसिर, जनकपुरधाम । धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।
आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ ।
रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।