महादेव गिरी संवाददाता
धनगढीः मंसिर १६, धनगढी उपमहाननगरपालिका ५ स्थित चोक नजिक स्कारपियोले एक बिद्यार्थीलाई ठक्कर दिएर घाइते भएका छन् घाइते हुनेमा पन्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय अनिस बिक रहेकाछन् ।
उक्त बिद्यार्थीलाइ ठक्करदिने स्कारपिभने फरार रहेको र खाजी कार्य जारी रहेको प्रहरीले जानकारी दिए । उक्त बिद्यार्थी भने आफ्नै बिद्यालय तिर गइरहेको अबस्थामै उनलाई स्कारपिले ठोकिएको थियो । घाइते बिद्यार्थीर्ला अहिले निसर्ग अस्पतालमा उपचार भइरहेको छ। भने
हिजो बिहीबार बिहान बिद्यालय गइरहेकी पन्चोदयमा अध्यनरत चेतना साउदको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा विद्यालय गइरहेकी १५ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो।
सोही घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार बिहानैदेखि धनगढीमा प्रदर्शन गरिरहेका छन्।