हत्याको विषयलाई लिएर चौथो दिन पनि बाजुरामा सिडिओ कार्यालय घेराउ,


लेखक : सुन्दराञ्चल      मंसिर ८, २०७९ मा प्रकाशित     
हत्याको विषयलाई लिएर चौथो दिन पनि बाजुरामा सिडिओ कार्यालय घेराउ,

बाजुरा, ८ मंसिर । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अयडीको कुटपिटपछि हत्याको विषयलाई लिएर चौथो दिन पनि बाजुरा जिल्लाको जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ भने मार्तडी लगायतका बजार बन्द, छन् एमालेले प्रशासनमा धर्ना दिएको छ।

जिल्लाको सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द रहेका छन्। यातायाता, शैक्षिक संस्था, सरकारी कार्यलय ठप्प छन्। सदरमुकाम मार्तडीमा दैनिक टायर बालेर विरोध तथा नारावाजी हुँदै आएको छ।

बिहिबार बिहानदेखि सदरमुकाम मार्तडी बजार बन्द छ। अनेरास्ववियूका नेता अयडीको हत्यारालाई कानुनी दायरामा नल्याउन्जेल सरकारी तथा गैरसरकारी संस्था, उद्योग कलकारखाना, शैक्षिक संस्था र ब्यापार व्यवसाय बन्द गर्ने अनेरास्ववियू बाजुराले जनाएको छ।

अनेरास्ववियू बाजुराले हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी राख्ने समेत जनाएको छ। अएडी हत्यामा सलग्न भएको भन्दै २२ जनाविरुद्ध किटानी जाहेरी समेत दिएको छ। यस्तै २ जना पक्राउ परेका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap