मालिकार्जुन शिखर धाममा आज पुजन जात्रा हुँदै


लेखक : सुन्दराञ्चल      कार्तिक २०, २०७९ मा प्रकाशित     
मालिकार्जुन शिखर धाममा आज पुजन जात्रा हुँदै

दार्चुला कार्तिक २०– दार्चुलाको राष्ट्रिय धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा आईतबार आज पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका तिथि र कात्तिक शुक्ल त्रयोदशी तिथीमा गरि बर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ। असार शुक्ल चतुर्द्शीका दिन लाग्ने पुजन जात्रा यसपालि पनि असार २८ मङ्गलबार विहानबाट शुरु भएको थियो ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा बझाङ कैलाली ,कंचनपुर लगायतका जिल्ला र भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी, पिपली, अस्कोट चम्पावत, र पिथौराग बाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन।

पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्य मिल्ने , मनोकामना पूरा हुने र खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त हुने जनविश्वास रही आएको छ । उक्त पुजन जात्रामा श्रद्धालु भक्तजन हरुको निक्कै घुइचो लाग्ने गर्दछ।

हिन्दु धर्माबलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले एक महिना अर्थात १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खाना खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap