९९ औं श्री अर्चना बाबा शिव साधना आज देखि सुरू


लेखक : सुन्दराञ्चल      कार्तिक १८, २०७९ मा प्रकाशित     
९९ औं श्री अर्चना बाबा शिव साधना आज देखि सुरू

महादेव गिरी संवाददाता

धनगढी कार्तिक १८, धनगढीको घोडसुवा ,कैलाली एधारमा मा ९९ औं श्री अर्चना बाबा शिव साधना आज देखी सुरु भएको छ । हत्या हिंसा लाई त्यागौ सत्यको मार्ग पहिल्याऔं भन्ने मुल नाराका साथ १०८ औं श्री अर्चना बाबा शिव साधना मध्ये ९९ औं अर्चना बाबा शिव साधना हुन लागेको हो ।भने
श्री पिण्डेश्वर महादेव अर्धनारीश्वरी सद्गुरूदेव अर्चना बाबा वैदिक सनातन धर्म रक्षार्थ , विश्वशान्ति एवम् जगत कल्याणका लागि यो शिव साधना आयोजना गरिएको जनाईएको छ ।

बिव्श्रशान्ति एवम् जगतमा कल्याणका लागि यो आयोजना गरिएको हो ।
श्री अर्चना बाबा शिव साधना कार्यक्रम आदि जगत गुरु ओम बाबाबाट आत्मा परमात्मा , होम महिमा , भकती भजन, जगत र जीवन , ध्यान जप तथा प्रवचन हुने भएको छ ।

No description available.

शिव साधना कार्यक्रममा कैलाली ,कञ्चनपुर , बाके ,बर्दिया ,दाङ, नवलपुर, चितवन,सुर्खेत , काठमाडौ ,जनकपुर ,विराटनगर ,विरगंज , उदयपुर ,धनुषा , धरान सुनसरी र भारतका विभिन्न स्थानबाट साधक साधिका भक्तmजनहरूको उपस्थिति रहने आयोजकले जानकारी दिए ।
श्री अर्चना बाबा शिव साधना कार्यक्रम अगामी कात्तिक २१ गतेसम्म आयोजना हुने छ ।

भने शिव साधना विशेष आयोजक श्री अर्चना बाबा धाम कैलाली र कञ्चनपुरको आयोजना भईरहेको यस ९९ औं श्री अर्चना बाबा शिव साधना कार्यक्रम समितिका अध्यक्ष श्री राममिलन रानाले जानकारी दिएका छन । कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर ११ , घोडसुवा ,कैलाली मा भईरहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap