धनगढी कार्तिक १४, । धनगढीको महना नदिमा आज बिहान चार बजे देखी इस्नान् गरि बिहानको उदाउँदो सूर्यलाई जल अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । भने देशका बिभिन्न ठाँउमा छर्ठ अर्ध दिएर आज सम्पनन्र गरिने छ । देशका बिभिन्न्र आज पोखरी र नदी किनारबाट बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिएको छ ।
भने महोना नदी किरानामा बिहानै देखी भेला भएर व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिएका छन् ।बिहामनैको सुर्यदय लाइ अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा रहेको ब्रतालु बताउनछन् । बिहानै व्रतालुहरुले कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । भने यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला(पुरुषले पति(पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर(वधु प्राप्तिको कामनाका लागि गर्छन् ।