ह्वात्तै बढ्यो संक्रमण, २४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
ह्वात्तै बढ्यो संक्रमण, २४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि

बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् भने १० हजार १५० जनाको मृत्यु भएको छ ।

हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहँदा १७६ जना भेन्टिलेटर र ७६१ जना आईसीयूमा रहेका छन् । हालसम्म कोरोना निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap