सत्ता गठबन्धनले आज दुई वटा प्रदेशमा भेला


लेखक : सुन्दराञ्चल      कार्तिक ६, २०७९ मा प्रकाशित     
सत्ता गठबन्धनले आज दुई वटा प्रदेशमा भेला

६ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनले आज दुई वटा प्रदेशमा भेला तथा चुनावी प्रशिक्षण कार्यक्रम गर्दैछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार गठबन्धनले आज सुदूरपश्चिमको धनगढी र कर्णली प्रदेशको सुर्खेतमा प्रशिक्षण तथा भेला आयोजना गरेको हो ।

सत्ता गठबन्धनले गत शुक्रबारदेखि प्रदेशस्तरीय भेला कार्याक्रम गर्दै आएको छ । शनिबारमात्रै मधेश प्रदेशमा प्रशिक्षण गरेको थियो ।

आज हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी हुनेछन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap