दाइले भाइलाइ भिरबाट धकेल्दा भाइको मृत्यु,


लेखक : सुन्दराञ्चल      कार्तिक ४, २०७९ मा प्रकाशित     
दाइले भाइलाइ भिरबाट  धकेल्दा भाइको मृत्यु,

४ कात्तिक, बुटवल । अर्घाखाँचीमा एक वृद्धले भीरबाट धकेलेर आफ्नै भाइको हत्या गरेका छन् ।

भूमिकास्थान नगरपालिका १ खलाधाराको भीरबाट ७४ वर्षीय हिम बहादुर गमालले धकेलिदिंदा सोही ठाउँका ७० वर्षीय वीर बहादुर गमालको मृत्यु भएको हो । हिमबहादुर र वीरबहादुर सहोदर दाजुभाइ हुन् ।

हिम बहादुर गमालले कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बाटोमा हिंड्दै गर्दा लेनदेको विवादपछि भीरबाट धकेलेका थिए । उनीहरु वडा नं ४ धापानीस्थित एक बैंकबाट बृद्ध भत्ता बुझेर फर्किरहेका थिए ।

अनुसन्धानका क्रममा दाजुभाइबीच लेनदेनको विषयमा विवाद भएको र दाजुले धकेलिदिंदा भीरबाट खसेर भाइको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । भीरबाट लडेर मृत्यु भएका गमालको शव बिहीबार फेला परेको थियो ।

घटनामा दाजु हिम बहादुर दोषी पाइएपछि उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक घिमिरेले बताए ।अनलाइनखबर

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap