आखिर किन सुन्दर देखिने चाह हुन्छ ?महिलाहरु


लेखक : सुन्दराञ्चल      अशोज २७, २०७९ मा प्रकाशित     
आखिर किन सुन्दर देखिने चाह हुन्छ ?महिलाहरु

काठमाडौं । मान्छे, अझ खासगरी महिलाहरु सुन्दरताप्रति बढी नै सजग हुन्छन् । आफूलाई राम्री देखाउन उनीहरु हरसम्भव प्रयास गर्छन् । आखिर किन सुन्दर देखिने चाह हुन्छ ? यसको मनोविज्ञान के हो ?

जस्तो ललितपुर टिकाथलीकी रीता चापागाईंको अनुभव सुनौं । उनी भन्छिन्, ‘बरु मलाई मीठो-मसिनो चाहिंदैन, लुगाफाटो चाहिं एकदमै राम्रो चाहिन्छ ।’ पहिरनमा मात्र होइन, मेकअप, हेयर डिजाइन जस्ता कुरामा पनि उनी कुनै सम्झौता गर्दिनन् । उनलाई लाग्छ, ‘नारीको गहना भनेकै सुन्दरता हो ।’

सुन्दर कसलाई भन्ने ? यसको कुनै सर्वमान्य जवाफ छैन । सुन्दरताको मापदण्ड पनि मान्छे, समुदाय, भूगोल अनुसार भिन्न हुनसक्छ । यद्यपि दुनियाँभरका मान्छेलाई एउटै प्रश्नले भने घेरिरहेको हुन्छ, ‘आफूलाई कसरी राम्रो देखाउने ?’

राम्रो वा आकर्षक बन्ने आम मानवीय स्वभाव हो । तर किन मान्छेलाई राम्रो बन्नुपरेको ? किन मान्छेलाई चिरिच्याट्ट देखिनु परेको ?

काठमाडौं जोरपाटीकी सविना कार्की भन्छिन्, ‘आकर्षक देखिनु भनेको आफूलाई सहज बनाउनु पनि हो ।’ उनलाई आफ्नो शरीर सामान्यभन्दा मोटो लाग्छ । मोटो भएकै कारण आफ्नो विवाह नहोला कि भन्ने पीर पनि छ । ‘मान्छेले आफ्नो लागि मात्र होइन, अरुको लागि पनि आकर्षक देखिन चाहन्छन्,’ उनी भन्छिन् ।

अविवाहित होस् वा विवाहित, प्रौढ हुन् वा किशोर, राम्रो देखिने चाह सबैमा हुन्छ । ‘आफूप्रति अरुको ध्यान आकर्षित गर्ने जुन सूक्ष्म मनोविज्ञान हुन्छ, त्यसले नै मानिसलाई सुन्दर बन्न प्रेरित गर्छ,’ मनोविज्ञ करुणा कुँवर भन्छिन्, ‘यसले उनीहरुको आत्मबल बढाउने काम पनि गर्छ ।’

हाम्रा पौराणिक शास्त्र, कथा–किम्वदन्ती, सिनेमा आदिले पनि मान्छेमा सुन्दरताप्रति मोह जगाइदिन्छ । प्रायः कथा र सिनेमामा सुन्दरताको बखान गरिन्छ र आदर्श पात्रलाई सुन्दर रुपमा प्रस्तुत गरिएको हुन्छ । देवीदेवताको चित्रमा उनीहरुलाई सकेसम्म सुन्दर देखाउने प्रयास गरिएको हुन्छ । ‘अप्सरा’, ‘परी’ जस्ता पौराणिक पात्रको बयान गर्दा पनि सुन्दरतालाई महत्व दिइएको छ । यस्ता विविध प्रभावले पनि मान्छेमा सुन्दर देखिने मनोविज्ञान विकास भएको मनोविद् कुँवर बताउँछिन् ।

झट्ट हेर्दा आकर्षक वा सुन्दर चिजप्रति मान्छेको ध्यान तानिन्छ । यसरी नै अरुको ध्यान आफूतिर खिच्न पनि मान्छे सुन्दर बन्न चाहने कुँवर बताउँछिन् ।

‘सुन्दर चिजमा मान्छेको बेग्लै लगाव हुन्छ,’ उनी भन्छिन्, ‘यो स्वतःस्फूर्त भाव हो । त्यसैले सुन्दर देखिने वा सुन्दर चिजप्रति आकर्षित हुनु मानिसको प्राकृतिक स्वभाव हुनसक्छ ।’

ढकमक्क फुलेको फूलमा, प्वाँख फिजाएर नाचिरहेको मयूरमा, आकाशतर्फ नुहिएको सप्तरंगी इन्द्रेणीमा, कञ्चन नीलो समुद्रको किनारमा तरंगित छालमा मान्छे किन मोहित हुन्छन् भने यी कुराहरु आफैंमा सुन्दर हुन्छन् । सुन्दर हुनु र सुन्दरताप्रति मोहित हुनु मान्छेको जन्मजात गुण भएको मनोविद् कुँवर बताउँछिन् ।

‘मान्छे हुर्कंदै गएपछि पर्ने विभिन्न प्रभावले पनि सुन्दर देखिने चाह बढ्दै जान्छ । तर यो मान्छेको आफ्नो मूलभूत गुण पनि हो,’ उनी भन्छिन् ।

समाज, समुदाय, भूगोल अनुसार सुन्दर देखिने मनोविज्ञान फरक भए पनि सुन्दरता भन्ने कुरामा मान्छेको लगाव हुन्छ नै । युरोप–अमेरिकाको अत्याधुनिक सहरमा बस्ने तन्नेरी हुन् वा अनकन्टार जंगलमा बसोबास गर्ने आदिवासी समुदाय, सबैले सुन्दरताको पारख गरेकै हुन्छन् । तर सुन्दरताको मानक भने फरक पर्नसक्छ ।

सुन्दर देखिने मनोविज्ञानकै कारण अहिले ब्युटी सैलुनदेखि ब्युटी प्रडक्टहरुको बजार भरिभराउ भएको हो । फेसन उद्योग र सौन्दर्य प्रसाधनको बजार आज जसरी तीव्रताका साथ बढिरहेको छ, त्यसले पनि मान्छेमा सुन्दरताप्रतिको मोह कति छ भन्ने कुराको आँकलन गर्न सकिन्छ ।

त्यसो त कतिपय अवस्थामा रोजगार पाउनदेखि प्रेम वा विवाह गर्नसम्म मान्छेले आफूलाई सुन्दर बनाउनुपर्ने अवस्था छ । राम्रो देखिएन भने विवाह नै नहोला कि वा जागिर नै नपाइएला कि भन्ने चिन्ताले पनि मान्छेलाई सुन्दर बन्न प्रेरित गरिरहेको मनोविज्ञहरुको बुझाइ छ ।

मान्छेलाई प्रभावित पार्ने पहिलो अस्त्र हो सुन्दरता’

गोपाल ढकाल, मनोविद्

सौन्दर्य भनेको मान्छेलाई प्रभावित बनाउने पहिलो अस्त्र हो । जब कसैसँग साक्षत्कार हुन्छ, मान्छेले उसको आवरण र रुपरंगलाई नियाल्छ । यसरी मान्छेको नजर आफूतिर तान्ने मनोविज्ञानले पनि मान्छेलाई सुन्दर बन्न मन लाग्छ ।

सुन्दर देखिने कुरामा पुरुषको तुलनामा महिला बढी नै सजग हुन्छन् । त्यही भएर त महिलाहरुलाई जतिसुकै सौन्दर्य प्रसाधन वा लुगाफाटोले पनि पुग्दैन भनिन्छ । उनीहरुको ध्याउन्न आफूलाई राम्री देखाउनेमै हुन्छ ।

जब मान्छेले आफूलाई सुन्दर देखिएको महसुस गर्छन्, यसले उनीहरुमा आत्मबल पनि बढाउँछ । जसले थप सुन्दर देखाउँछ ।

हामी जुन समाजमा हुर्किए पनि त्यहाँ सुन्दरतालाई पारख गर्नेहरु हुन्छन् । मान्छे वा आफू हुर्किएको समाजमा कस्तो रुपरंग, कस्तो पहिरनशैली रुचाइन्छ त्यही अनुरुप मान्छेले आफूलाई ढाल्ने प्रयास गर्छ । यसबाट के बुझिन्छ भने मान्छे आफ्नो लागि मात्र होइन, अरुको लागि पनि राम्रो देखिन चाहन्छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap