२७ असोज, काठमाडौं । नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ ।
रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको हो ।
रुसले सोमबार र मंगलबार युक्रेनको राजधानी किएभसहित धेरै शहरहरुमा हवाई हमला गरेको छ । साथै ऊर्जा र सैन्य क्षेत्रमा पनि आक्रमण भएको छ ।