धनगढी असोज २४, लगातार वर्षाका कारणले बाजुराको जिल्लाको जगन्नाथ गाउँपालिका १ मा बर्षासंगै आएको पहिरोले एक घर भत्कीदा एक जनाको मृत्यु भएको छ । भने एक जना महिला घाईते भएकी छीन् ।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ४५ बर्षिया प्रभुलाल गिरी रहेको र घाईते हुनेमा उनकी आमा रहेकी छन । घाईते भएकी आमाको उपचारका लागि कोल्टी कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिए ।
भने प्रभुालाल गिरीको मृत्यु र उनकी आमा घाईते भएको भन्ने जानकारी पाउना साथ प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा घाईतेको उद्दार गरि उपचारको लागि कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा पठाएको छ । मृतकको पोष्टमार्टमको लागि समेत कोल्टी पठाईएको प्रहरीलेजानकारी दिए ।