दशै संधै भिशा पनि संधै आयो ,


लेखक : सुन्दराञ्चल      अशोज १५, २०७९ मा प्रकाशित     
दशै संधै भिशा पनि  संधै आयो ,

१५ असोज, काठमाडौं  । दशैं सुरु भइसक्यो, काम विशेषले घरबाहिर रहेकाहरु पनि धमाधम गाउँ फर्किरहेका बेला दोलखाका जगत श्रेष्ठ विदेश हिँड्नुपर्‍यो । बिहीबार उनी रोजगारीका लागि यूएई उडे ।

‘घरमा यही हातले राखेको जमरा हुर्किसक्यो, हिँड्ने बेलामा छोराले दशैं मानेर जानुस् न बाबा भन्यो’, भावुक हुँदै श्रेष्ठ भन्छन्, ‘बच्चालाई के भनेर सम्झाउनु, पापा पठाउँछु भनेर मुख छोपेर निस्किएँ ।’

जगतलाई दशैंकै बेला विदेश जान रहर भने थिएन । दुई महिनाअघि म्यानपावरमा पासपोर्ट छोडेका थिए । ‘भिसा आयो, १३ गते फ्लाइट छ भनेर बोलाएपछि अढाई लाख ऋण गरेर हिंडे’, गाउँमा फर्निचरको काम गर्ने गरेका भन्छन्, ‘यहाँ बसेर दशैं त मानिएला, गुजारा टर्दैन ।’

बाग्लुङबाट हतार–हतार काठमाडौं आएका सोम परियार विमानस्थलमा निन्याउरो अनुहार लगाएर लाइनमा उभिएका छन् । पहिलो पटक विदेश जान लागेको आफू ‘नर्भस’ भएको उनले सुनाए ।

‘दशैंमा गाउँघर छोडेर जान कसलाई मन होला ? मलेसियामा भिसा यही बेला लाग्यो’, उनी भन्छन्, ‘गाउँमा पिङ हाल्न बाँस काटेर हिँडेको छु, साथीभाइलाई मेरो सट्टा पनि रमाइलो गर भनेको छु ।’

विमानस्थलमा आएका मामासँग बिदा मागेपछि उनले निहुरिएर अभिवादन गर्दै भने, ‘आमालाई सम्झाउनु, दबाइ खान मान्नु हुन्न ।’

त्रिभुवन विमानस्थल आइपुग्दा पनि मोरङकाका शिव पोखरेलको मन गाउँघरतिरै छ । ‘हुन त दशैं फेरि पनि आउँछ’, उनी भन्छन्, ‘यो बेला घरपरिवार र साथीभाइ बढी मिस हुने रहेछ, एयरपोर्ट आइपुग्दा मनमा बसेको दशैंको भाइब्स सबै उड्दो रहेछ ।’

बिदामा घर आएका उनले ‘दशैं आयो’ भनेर सुख पाएनन् । पोखरेललाई दशैंभन्दा पनि बढी तिहारको मोह छ । ‘दशैंभन्दा बढी तिहारमा रमाइलो हुन्छ’, उनी भन्छन्, ‘दिदी बहिनीसँग टीका लाउन नपएको ८ वर्ष भइसक्यो, सम्झिँदा नै खल्लो लाग्छ ।’

दशैंको टीका–जमरा लगाउने सयममा बिदाइको टीका लगाएर हिँड्नुपर्दा विमानस्थलमा धेरैजसोको मुहार अँध्यारो भएको देखिन्छ । दुःख भएपनि परिवार र आफन्तअघि मुटुमाथि ढुंगा राखेर हाँस्दै बिदा माग्नेहरु पनि छन् ।

दशैंमा नै बेला छोरालाई विदेश पठाउन आएका बाराका रामकिशोर सहनी नरमाइलो लाग्दा पनि आफ्नो कर्मलाई दोष दिएर चित्त बुझाउनुपर्ने बताउँछन् । ‘यो आ–आफ्नो कर्मको कुरा हो, बच्चाहरुको भलो होस्, सुख होस्’, उनी भन्छन्, ‘माता भवानीले जहाँ रहेपनि उनीहरुको रक्षा गरुन् ।’

दशैंको बेलामा छोराले देश छाड्दा घर शून्य भएको भन्दै उनले आफूलाई भन्दा पनि आफ्नो श्रीमतीलाई मन बुझाउन गाह्रो भएको बताए । ‘अर्को छोरा तीन वर्षदेखि विदेशमै छ, यो पनि हिँड्यो’, उनी भन्छन्, ‘काठमाडौंमा तरकारी पसल चलाउँदा पनि नाफा नभएपछि यसलाई विदेश जानै कर लाग्यो ।’

विदेशिने भिडमा रहेकी एक महिलाले श्रीमानलाई बच्चा समात्न दिइन् । तर, आमा छुट्टिन लागेको देखेर बच्चा रोएपछि दम्पती रुँदै छुट्टिन पर्‍यो । उनलाई विदाइ गर्न आएकाहरु सबैजसोले आँशु खसाले । नजिकै यस्तो दृश्य देख्नेहरु पनि स्तब्ध भए ।

अहिले त्रिभुवन विमानस्थलमा घर फर्किनेको भन्दा विदेशिन लाइन बस्नेहरुको घुइँचो ठूलो छ । यो भिडमा विदाइ गर्न पुगेकाहरुदेखि विदेशिनेहरु सबैको मन भारी छ । कतिपय परिवारलाई छुट्टिन यति गाह्रो छ, आँशु बगाइरहेका छन्, मन सम्हाल्न सकेका छैनन् ।

विमानस्थलको आगमनतर्फको भागमा मिलनको खुसी छाइरहँदा प्रस्थानतर्फको भागमा वियोगको अश्रुधारा बगिरहेको दृश्य अप्रिय लाग्छन् । आफन्तसँग बिछोडिंदा भक्कानिएकाहरुसँग विदाइको हात हल्लाउनुको विकल्प छैन ।

बिछोडका बेला भरिएका आँखाबाट झर्ने आँसु रोक्न सक्ने ताकत सबैमा हुँदैन पनि । आफन्त चेकजाँचका लागि विमानस्थलभित्र छिरेपछि घाँटी तन्काएर हेरिरहेका र आँसु पुछ्दै देखिन्जेलसम्म नियालिरहेका दृश्यले दशैंको माहोल पनि खल्लो बन्छ । आफन्त रोएको देख्दादेख्दै विवश भएर विदेशिने कतिले पछाडि फर्किएर हेर्न आँटसम्म गर्दैनन् ।

छोराको विदाइ गरेर फर्किन लागेको शान्ति सिंह आँशु पछ्दै भन्छिन्, ‘छोरो अर्को वर्ष विदामा आइहाल्छ, जे भएपनि दशैंको बेला विदा गर्न साह्रै गाह्रो हुने रहेछ, हामी आमालाई मन थाम्न गाह्रै हुन्छ के बाबु ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap