भिसा लिन जाँदा विवादमा तानिएका मन्त्री श्रेष्ठ ४१औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७९ मा प्रकाशित     
भिसा लिन जाँदा  विवादमा तानिएका मन्त्री श्रेष्ठ ४१औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान

असोज १०, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् ।

क्यानडाकै भिसा लिन जाँदा मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए । भिसा आवेदन दिन छाया सेन्टरमा जाँदा आफूलाई दुर्व्यवहार गरेको भन्दै त्यहाँको गार्डलाई पक्रन लगाएपछि मन्त्री श्रेष्ठको आलोचना भएको थियो ।सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनेछन् । साथै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धिबारे पनि महासभालाई जानकारी गराउनेछन् ।

महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । महासभा अक्टोबर ७ सम्म चल्नेछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap