सत्तारुढ गठबन्धनको बैठक बस्दैछ


लेखक : सुन्दराञ्चल      अशोज ५, २०७९ मा प्रकाशित     
सत्तारुढ गठबन्धनको बैठक बस्दैछ

५ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।

बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap