सुन चोरी प्रकरणः थप दुईजना व्यापारी पक्राउ


लेखक : सुन्दराञ्चल      साउन ११, २०७८ मा प्रकाशित     
सुन चोरी प्रकरणः थप दुईजना व्यापारी पक्राउ

बैतडी,११ साउन । बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा थप दुईजना व्यापारी पक्राउ परेका छन् । मन्दिरबाट लुटिएको सुन खरीद गर्ने दुईजना सुनचाँदी व्यवासायीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका सुनचाँदी व्यवसायी ३३ बर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ बर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत हुन् । दुवैजनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् ।

यसअघि मन्दिरबाट चोरेको सुन खरीद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ ।

यो संगै मन्दिर सुनचोरी पक्ररणमा तीनजना व्यवसायी पक्राउ परिसकेका छन् भने सुन चोर्ने ४ जनालाई यसअघि पक्राउ गरिसकिएको छ । सुनचोरी प्रकरणमा संलग्न अन्यहरुको पनि खोजी भईरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

गत पौषमा दोगडाकेदार गाउँपालिका १ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर मन्दिरको सुन लुटेको पुष्टि भएको छ । उनीहरु चारैजनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको छ ।

मन्दिरको सुन पौषमा चोरिएको भएपनि चैतमा मात्रै थाहा भएको थियो । चैतपछि गाउँमा स्थानीयहरुले सुनचोर्नेको सोधीखोजी गरेका थिए । उनीहरुले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको बिषयमा प्रहरीलाई जानकारी गराएका थिए । लटिनाथ मन्दिरमा ९ तोला सुन रहेकोमा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन विक्रि भएको खुलेको छ । मन्दिरको सुन खरीद गर्ने व्यापारीहरुमाथि समेत अनुसन्धान भईरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap