काठमाडौँ आश्विन २, — टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए ।

