नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


लेखक : सुन्दराञ्चल      अशोज २, २०७९ मा प्रकाशित     
नेकपा एमालेको सचिवालय बैठक आज  बस्दै

२ असोजभक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।

शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो । आजको  बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् ।

शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।

आजको बैठक ११ बजेपछि बोलाइएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap