काठमाडौं भदौ २८ । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि सेलिब्रिटी समेत क्रुद्ध बनेका छन् ।
फिल्म निर्देशक निश्चल बस्नेतले त ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् । ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउँदै ‘लुट’ फेम्ड निर्देशकले फेसबुकमा यसबारे क्याप्सन लेख्दै विरोध गरेका छन् ।
चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु यतिबेला चारदिने नेपाल भ्रमणमा छन् । उनको सवारी तालिकाका कारण मंगलबार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणलाई कठिन भएको छ ।
मंगलबार बेलुकासम्मै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने ट्राफिक प्रहरीले जनाएको छ । सामाजिक मुद्दामा चासो राख्ने निर्देशक निश्चल बस्नेत एक नयाँ फिल्मको तयारीमा छन् । उनले होम प्रोडक्सनबाट फिल्म ‘जिन्दावाद’ निर्देशन गर्ने चर्चा छ ।