राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७९ मा प्रकाशित     
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता

२८ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा  भवनमा आज बिहान तिमिल्सिना र चान्सुबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सोमबार नेपाल आएका चान्सुले सोही दिन  प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए ।

चार दिने नेपाल भ्रमणमा आएका चान्सुले यहाँ रहँदा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सोही अनुसार आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र प्रचण्डलाई भेट्ने कार्यसूची छ ।

सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका चान्सु बिहीबार फर्किनेछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap