लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न,


लेखक : सुन्दराञ्चल      भदौ २६, २०७९ मा प्रकाशित     
लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न,

काठमाडौं भदौ २६, लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न भएको छ । सम्झौताअनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटक–पटक ताकेता गरेको भए पनि उक्त कम्पनीले ताकेताको बेवास्ता गर्ने गरेको विभागको आरोप छ । विभागका अनुसार हाल उक्त कम्पनीले सफ्टवेयरको छ वटा काम पुरा गर्न नसकेको जनाएको छ ।

सम्झौताअनुसार काम नगर्दा जनताले दैनिक सास्ती भोग्दै आएको विभागको दाबी छ । विभागका कारण उक्त कम्पनीले ९० प्रतिशत अर्थात् रु ७० करोड भुक्तानी लिई सकेको भए पनि प्रतिवद्धताअनुसार काम गर्न छाडेको छ । विभागका कम्प्युटर इन्जिनियर सुरजप्रशाद अर्यालद्वारा मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइलाई पठाएको पत्रमा सिस्टममा धेरै समस्या आइरहेको र समाधानका लागि प्राविधिक टोली खटाइदिन लेखेको छ । कम्पनीले त्यसलाई वेवास्ता गर्दै आएको आरोप लागेको छ ।
विभागले कम्पनीलाई लेखेको पत्रमा टीएमओ-टीएमएसओ, मोडुअल्स पनि राम्रोसँग काम नगरेको, लेभल पनि पुर्णरुपमा नरहेको, कर तथा बीमाको अनलाइन पेमेन्ट नहुने, सिस्टममा बगहरु अझै रहेको र सेक्युरिटी सिस्टममा लुपहोल समेत रहेको बताइएको छ । साथै विद्युतीय ड्राइभिङ लाइसेन्सको लागि पनि अहिलेसम्म सेक्युरिटी अडिट नभएको उक्त पत्रमा उल्लेख गरिएको छ । त्यसले गर्दा विभागले सुरु गरेको अनलाइन सिस्टम (ईडीएल र भीआरएस) मा काम हुन नसकेको बताइएको छ ।

यस्तै विभागका अनुसार उक्त कम्पनीले सम्झौता बमोजिम प्राविधिक सहयोगका लागि दक्ष जनशक्तिसमेत नपठाएका कारण १८ वटा टीएमएसको काम हुन नसेको जनाइएको छ । कम्पनीले सफ्टवेयर प्रोजेक्ट म्यानेजर, सिनियर र जुनियर वेभ जाभा प्रोग्रामर, डेटावेस स्पेसियालिस्ट तथा क्वालिटी यासुरेन्स स्पेसियालिस्ट विभागमा उपलब्ध गराउन पर्ने भए पनि त्यो प्रक्रिया अहिलेसम्म पुरा नगरेको जनाइएको छ ।

यतिमात्र नभइ अनलाइन सिस्टममार्फत हुँदै आएको सबारीचालक अनुमति पत्र र सवारी दर्ता नवीकरणसम्बन्धी कामका लागि लागि चाहिने सफ्टवेयर तथा हार्डवेयर उक्त कम्पनीले पूर्णरुपमा जिम्मा लगाउन नसकेकाले यसैमा सधै समस्या आउने गरेको यातायत व्यवस्था विभागको आरोप छ । रासस

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap