सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लामा स्थानिय संस्कृति पर्ब अनन्ते मेला सुरु,


लेखक : सुन्दराञ्चल      भदौ २६, २०७९ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लामा स्थानिय संस्कृति पर्ब अनन्ते मेला सुरु,

महादेव गिरी संवाददाता,

धनगढी भदौ २६, सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लामा स्थानिय संस्कृति पर्ब अनन्ते मेला बाजुराका बिभिन्न ठाँउमा अनन्ते मेला सुरु भएको छ । तीन दिनसम्म लाग्ने यस मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेको स्थानिए बासीले बताए ।

स्थानिएका अनुसार अनन्ते मेलालाई बाजुरामा बिशेष पर्वका रुपमा लिने गरेको छ । अनन्ते मेला आफ्नै शैली र परम्परा झल्कीने गरी खेलीन्छ ।
यो मेला तीन दिन देखी पाँच दिनसम्म लाग्दछ ।

महाभारतमा कौरव सँगको लडाईमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ ।
यो अनन्ते पर्वलाई सत्यको बिजयको सम्झनामा मनाउने गरिएको अनन्ते मेलाका जानकारहरुले बताउने गरेको छ। मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गरिन्छ । मेला हिन्दुहरुले मान्ने १६ श्राद्धय सुरु भएकै दिनबाट सुरु हुन्छ ।

सूदुर पश्चिममा अनन्तेर चौदशीको एक साथ - शिंजापति

अन्यायको अन्त्य भन्ने शब्द अपभ्रस भएर अनन्ते शब्दको उत्पति भएको किवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूणर्ीमाको दिनबाट सुरु भएर भगवनको भजन कृत्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदाय बीच गीत मागलसंगै बिजुराका गाथाको माध्यमद्धारा मेला मनाउने गरेको स्थानिय बुद्धिसिंह थापाले बताए ।

मेला अबधिभर मिजुला बजाउदै गीत मागल गाएर महाभारतको युद्धमा कौरव र पाण्डव बीचको युद्ध संवाद योद्धाले देखाएको युद्ध कुशलताका जस्ता कार्यको बणर्न गर्दै मेला मनाउने चलन छ ।

स्थानिय लोक सांस्कृतिक र जिल्लाको पहिचानको रुपमा मनाईने पर्ब बाजुरा जिल्लाको मार्तडी, कैलाशमाण्डौ, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगाएतका ठाँउमा मनाउने गरिन्छ । अनन्ते मेला एक महाभारतमा कौरव सँगको लडाईमा पाण्डवहरुले गरेको विजय मात्र नभएर संकृतिको जोगे्रना, पुर्खाहरुको सम्झना एक अर्को प्रति माया स्नेह शद्धभाव,साथि, भाइ, दिदीबहीनी ,आफ्न्तहरुको जम्घट पनि रहेको स्थानिए बासी बताउन्छन् ।यो अनन्ते मेला जोग्रेना गर्नु हामी सबैको दाहित्व भएको बुढापाखाहरु बतान्छन् ।

अनन्ते मेला बाजुरा, अछाम, बझाङ, डोटी, मुगु, कालिकोट, हुम्ला लगायतका जिल्लमा मनाउने गरिन्छ । मध्यपश्चिमका पहाडी जिल्लामा यसलाइ चौदशीको रुपमा मान्ने प्रचलन रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap