दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु


लेखक : सुन्दराञ्चल      भदौ २६, २०७९ मा प्रकाशित     
दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु

२६ भदौ, काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।

अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ ।

हालसम्म ५ जनाको शव फेला परेको, १० जना बेपत्ता भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरक्षक (इन्सपेक्टर) जगत मगरले जानकारी दिए । ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको छ भने ३ जना डिस्चार्ज भइसकेका छन् ।

बेपत्ता भएकाहरूको आज पनि सुरक्षाकर्मी र स्थानीय नागरिकले खोजी कार्य गरिरहेको इन्सपेक्टर मगरले बताए ।

आजदेखि राहत वितरणसँग बाढीले थप क्षति नहोस् भनेर लास्कु खोलामा स्थायी तटबन्धन लगाउन सुरु गरिएको छ ।

साथै, सडक सञ्जालबाट विच्छेद भएको दुहु गाउँपालिकालाई सदरमुकामसँग जोड्ने काम पनि सुरु गरिएको छ । नेपाली सेनाको टोलीले दुहुँ जाने सडक मर्मत गर्ने काम सुरु गरेको इन्सपेक्टर जगत मगरले बताए ।

लास्कु खोलामा आएको बाढीले झोलुङ्गे पुल र बन्दै गरेको पक्की पुल बगाएपछि खोलापारिको बस्ती बजारसँग विच्छेद भएको छ ।

बाढीले पुल भत्काएपछि सदरमुकाम जाने भारतको बाटो हुँदै महाकालीका अन्ने पुलको प्रयोग गर्ने पर्ने बाध्यता रहेको दुहु गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताए ।  केही दिनमै सडक मर्मत भइसक्ने उनको भनाइ छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap