चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा शक्तिशाली भूकम्प, वर्षा र पहिरोका कारण उद्धारमा आज पनि प्रभावित


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७९ मा प्रकाशित     
चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा  शक्तिशाली भूकम्प, वर्षा र पहिरोका कारण उद्धारमा आज  पनि प्रभावित

भदौ २३,  चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ । गत सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको ६.६ म्याग्‍निच्यूडको भूकम्प जाँदा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको गान्जी प्रान्तमा ४६ जनाको मृत्यु भएको छ भने छिमेकी याआन शहरमा ३६ जनाको मृत्यु भएको सरकारी प्रसारक सीसीटिभीले जनाएको छ ।

अन्य २७० भन्दा बढी घाइते भएका छन् भने बेपत्ताको सङ्ख्या ३५ रहेको सीसीटीभीले जनाएको छ । राष्ट्रिय मौसम सेवाले जारी गरेको ‘भौगर्भिक विपत्तिको जोखिम’ को चेतावनी बिहीबार रातिसम्म जारी रहेको छ । केही क्षेत्रमा भारी वर्षाका साथै शुक्रबारसम्म मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ ।

“भूकम्पपछिको भौगर्भिक अवस्था स्वाभाविक रूपमा कमजोर रहेको र थप वर्षाको प्रभावले पहिरो र भू-स्खलन निम्त्याउन सक्ने भएकाले स्थानीय क्षेत्रमा विपत्तिबाट सतर्क रहन आवश्यक छ,” चीनको मौसम प्रशासनले जनाएको छ ।
पिपुल्स लिबरेशन आर्मी, अर्धसैनिक प्रहरी र अग्नि उद्धार सेवाहरूले यस क्षेत्रमा दश हजारभन्दा बढी उद्धारकर्मीहरू तैनाथ गरेका छन् । उनीहरूले दुर्गम ग्रामीण इलाकामा पहिरोभित्र फसेका मानिसको खोजी अभियान जारी राखेका छन् ।
उद्धारकर्ताहरूले पराकम्पनका कारण आएको बाढी र पहिरोको सामना गर्दै गाउँलेहरूलाई भत्किएका घरहरूबाट अन्यत्र स्थानान्तरण गरेका छन् । प्रायः इलाकामा उनीहरूलाई डोरी र स्ट्रेचरमा राखेर पहाडी इलाकाहरू पार गर्नुपरेको थियो ।

सरकारी स्वामित्वको पिपुल्स डेली अखबारका अनुसार गान्जी र याआनका १२४ अस्थायी स्थानमा २२ हजारभन्दा बढी मानिसलाई सारिएको छ ।  शिमियान काउन्टीको एक विद्यालयका २१ हजारभन्दा बढी विद्यार्थी र कर्मचारीलाई भूकम्प गएको एक मिनेटभित्रै सुरक्षित स्थानमा सारिएको समाचारमा जनाइएको छ । उक्त क्षेत्रका करिब एक हजार ८०० विद्यालय बुधबारसम्म खुलेका छन् ।

स्थानीय अधिकारीहरूले हालसम्म एक करोड ४० लाख अमेरिकी डलरभन्दा बढी प्रकोप राहत सहयोग प्राप्त गरेका छन् । सिचुआन सरकारले आपतकालीन सूचना जारी गर्दै स्थानीय अधिकारीहरूलाई प्रभावित व्यक्तिहरूको लागि राहत वितरण गर्न आग्रह गरेको छ ।एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap