‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७९ मा प्रकाशित     
‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने

भदौ १५ गते   काठमाडौं । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।

कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए । ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन,’ उनले भने, ‘अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु ।’

जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता हुन् । ‘म अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नभएको मान्छे । स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने चाहना छ,’ उनले भने ।

कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap