दर्शकले रुचाएको यो जोडीलाई फेरी किन बोलेनन् आर्यन र नम्रता ?


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७९ मा प्रकाशित     
दर्शकले रुचाएको यो जोडीलाई फेरी किन बोलेनन् आर्यन र नम्रता ?

काठमाण्डौ भदौ १०, आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी एक समय दर्शकले राम्रो रुचाएको जोडी हो । प्रेमकथाको फिल्ममा राम्रो रुचाइएको यो जोडीको पहिलो सहकार्य ‘मेरो एउटा साथी छ’ मा भएको थियो । त्यसपछि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ मा पनि एकसाथ देखिएर दर्शकको मन जित्न सफल भए ।

दर्शकले रुचाएको यो जोडीलाई दर्शकले ‘क्लासिक’ पछि भने एकसाथ देख्न पाएका छैनन् । निर्देशक दिनेश राउतले ‘क्लासिक’ पछि एक फिल्ममा दुबैलाई लिने तयारी गरेका थिए । तर विभिन्न कारणले त्यो सम्भव हुन सकेन ।

अझै दर्शक दुबैलाई हेर्न इच्छुक छन् । तर, त्यो सम्भावना न्युन भएको बताइन्छ । किनभने पछिल्लो समय आर्यन र नम्रताको सम्बन्ध राम्रो नभएको बताइन्छ । जसलाई आयोजित फिल्म ‘प्रकाश’ को प्रिमियरले पनि बल पुर्याएको छ ।

बुधबार बिग मुभिजमा आयोजित प्रिमियरमा आर्यन र नम्रता एक अर्कोसँग बोलेनन् । निर्देशक दिनेश राउतले फिल्मको ब्यानर अगाडि नम्रता र आर्यनलाई लिएरसँगै फोटो खिचेका थिए । शो क्रममा पनि दुबैले एकअर्कोलाई चिनेजस्तो समेत गरेनन् । आर्यन र नम्रता निर्देशक राउतलाई फिल्मको शुभकामना दिन हलमा पुगेको थिए ।

दिनेशले एकातिर आर्यन र अर्कोतिर नम्रतालाई राखेर तस्विर खिचाए । त्यसपछि मिडियाकर्मीले तस्विरका लागि आर्यन र नम्रतालाई एकसाथ उभिन आग्रह गरे । दुबैले तर्किन खोज्दा खोज्दै निर्देशक राउतलेसँगै उभ्याए । दुबैले सँगै तस्बिर त खिचे । तर, एकअर्काको अनुहारसम्म पनि हेरेनन् ।

‘प्रकाश’ हेरेपछि नम्रतासहित अधिकांश फिल्मकर्मीले मिडियामा आफ्नो धारणा राखेका थिए । तर, आर्यन भने लुसुक्क निस्किए । प्रिमियरमा आर्यन श्रीमतीसँग पुगेका थिए ।रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap