बन्चरेडाँडामा फोहोर फाल्न अवरोध ४ बुँदे सहमतिपछि पनि,


लेखक : सुन्दराञ्चल      भदौ २, २०७९ मा प्रकाशित     
बन्चरेडाँडामा फोहोर फाल्न अवरोध  ४ बुँदे सहमतिपछि पनि,

२ भदौ, काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फाल्न रोक लगाएका छन् ।

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने भएको थियो ।

तर स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

बुधबार भएको ४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषय उल्लेख छैन । तर रिहा गर्ने भनेर मौखिक आश्वासन प्रशासनले दिएको तर कार्यान्वयन नभएको स्थानीयको भनाइ छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap