धनगढीको केजी अस्पतालमा डिम्बको शल्यक्रिया सफल भएको छ । डडेल्धुरा आलीताल गाउँपालीका ५ की ३० बर्षीय ताराथापा मगरको डिम्बको शल्यक्रिया सफल भएको डा सोनी कठायतले बताइन् । लामो समय देखी पेट दुख्ने समस्या भएको र दुई तिन दिन देखी अत्याधिक तल्लो पेट दुखेर केजी अस्पतालमा पुगेकी उनको भिडीयो एक्सरे गर्दा दायाँ डिम्ब फुटेको पाइएपछि तुरुन्त शल्यक्रिया गर्नु परेको डा कठायतले बताईन् ।अस्पतालका महिला तथा स्त्री रोग बिशेषज्ञ डाक्टर सोनी कठायतले शल्यक्रिया पस्चात ती महिलाको अवस्था सामान्य भई सकेको बताईन् । उपचार गर्दा उच्च रक्तचाप एकदमै कम भएको पाइएको थियो। शल्यक्रिया भएको र शल्यक्रिया गर्दा डिम्ब फुटेर पेटमा रगत जमेको पाठेघर र डिम्बको बिचमा कपाल दाँत र बाक्लो तरल पदार्थ फोहर रहेको थीयो । जसले गर्दा क्यान्सर हुन सक्ने सम्भावना रहेको डाक्टर सोनी कठायतले बताईन् । उपचार सफल भएपछी यस केजी अस्पतालप्रति बिरामी लगायत बिरामीका आफन्त खुसी भएका छन् उनले भनीन् ।।
सुदूरपश्चिममै पहिलो पटक आन्द्राको सफल शल्यक्रिया( यस अघि अस्पतालले सुदूरपश्चिममै पहिलो पटक आन्द्राको सफल शल्यक्रिया गरेको थियो ।अस्पतालका निर्देशक डा।दीपक सिहँका अनुसार धनगढी ३ का दिप्सन कार्कीको दुर्बिन प्रविधिबाट सुदूरपश्चिममा पहिलो पटक सफल शल्यक्रिया गरेको हो । यस्तै अस्पतालले महिलाको बच्चादानिमा रगत जमेको सफल शल्यक्रिया समेत गरेको थियो । दार्चुलाकी २८ वर्षिया गोमति धामीको सफल शल्यक्रिया गरेको हो । गोमतिको बच्चा दानीमा बच्चा नबसेर बच्चा दानीको नलीमा बच्चा बस्दा धामीको पेट दुख्ने समस्या देखिएपछि अस्पताल आएकी थिइन् । डाक्टरको सल्लाह अनुसार अस्पताल पुगेकी उनको जर्नल सर्जन डा दीपक सिहंं र स्त्री रोग विषेशज्ञ डा सोनी कठायतको टिमले सफल शल्यक्रिया गरेको थियो ।केजी अस्पतालले अन्य अस्पतालको भन्दा कम मुल्यमा अप्रेसन लगाएतका सुविधा दिँदै आयको छ ।