महादेव गिरी संवाददाता
धनगढी साउन २१, धनगढीको शिबनगरमा रहेको चैतन्य पाठशालाले शिक्षक तथा अभिभावक संघ गठन गेको छ । पुरानो कार्यसमितीले नयाँ पुस्तालाइ पदहस्ताण गरेका छन् ।
सोही शिक्षक अभिभावक संघको अध्यक्षमा ईश्वर गिरी चएन भएका छन् । भने सदस्यमा मिन बहादुर ऐडी,पदम बहादुर खड्का,गोरख बहादुर खाताी,पवन ढुंगाना,भावना दाहाल, शिव नाराणी दहित, रविचन्द्र साउद, सपना सिहँ, चएन भएका छन् ।

शिक्षक अभिबाक संघ ले समग्र विद्यालयको शैछिक विषयमा सल्लाह सुझाव दिने निकायको रूपमा काम गदै आएको छ ।।यसको कार्यकाल २ वर्षको रहने भएको छ ।

पुरानो कार्यसमितिका अध्यक्ष मनिराम थापा ले नयाँ कार्यसमितीलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक हरी प्रसाद जोशी ले नयाँ कार्यसमितीलाई खाँदा र टीका ले स्वागत गर्नु भएको बिद्यालयका भाइस प्रिन्सिपल कटक सिहं ले सुन्दराञ्चललाइ जानकारी दिए ।