कृषि उद्यम हुनका लागि बजारले मागे अनुसारको उत्पादन हुनुपर्‍यो,


लेखक : सुन्दराञ्चल      साउन १२, २०७९ मा प्रकाशित     
कृषि उद्यम हुनका लागि बजारले मागे अनुसारको उत्पादन हुनुपर्‍यो,

साउन १२ ,  नेपालका लागि कृषि क्षेत्र कुनै समय रोजगारी र आम्दानीको प्रमुख स्रोत थियो । यो अर्थतन्त्रको मेरुदण्ड र राज्यका लागि धेरै समस्याको समाधान थियो । आज त्यही क्षेत्र परिवारदेखि संसदसम्म प्रश्नैप्रश्न हुने तर उपयुक्त समाधान नभेटिने क्षेत्र बनेको छ । यस्तै एक प्रश्नको जड पर्गेल्ने हिसाबले ‘नेपालमा जग्गा बाँझो रहने प्रवृत्तिको समाजशास्त्र’ सम्बन्धी लेख प्रकाशित भएपछि थुप्रै प्रतिक्रिया प्राप्त भए । ती प्रतिक्रियामध्ये एक थियो— ‘काठमाडौं लगायत अन्य ठूला बजारको वरिपरि जग्गा भाडामा लिएर समेत बाह्रै महिना खेती गरिन्छ तर दुर्गमका उर्वर फाँटहरू किन बाँझो हुँदै गएका होलान् ?’

यो प्रश्नले सताएपछि वास्तविकता थाहा पाउन बजारको नजिक व्यावसायिक खेती गरिरहेका केही व्यवसायीलाई भेटेर बुझ्न मन लाग्यो । भेटेकामध्ये अधिकांशको आफ्नै खेतीयोग्य जमिन भएको तर व्यावसायिक खेतीका लागि आफ्नो गाउँको जग्गा छाडेर शहरको नजिक भाडामा लिएर खेती गरेको बताए । अनौठो त के छ भने ग्रामीण क्षेत्रमा वर्षमा तीन खेती हुने आफ्नै उर्बर भूमि छाडेर शहरमा जग्गा भाडामा लिएर खेती गर्ने कृषि उद्यमी भेटिए । काठमाडौंमा खेती गरिरहेका कृषि उद्यमीले त एक रोपनीको वार्षिक २६ हजारसम्म भाडामा लिएर खेती गरेको बताउँछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap