बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते


लेखक : सुन्दराञ्चल      साउन ११, २०७९ मा प्रकाशित     
बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते

११ साउन, बुटवल । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा भएको आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

सख्त घाइते ६ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डिएसपी पाठकका अनुसार बसमा ३१ जना सवार थिए । दुर्घटनामा परेको बस महाकाली यातायात प्रालिको हो ।

दुर्घटनामा घाइते भएकाहरु अधिकांश कञ्चनपुर र कैलाली जिल्लाका छन् । नवलपुर प्रहरीका अनुसार घाइते हुनेहरुमा २१ वर्षका केशव भण्डारी, ७८ वर्षका प्रभुलाल जोशी, ७१ वर्षकी कौशिला शाही, १९ वर्षकी शान्ता चौधरी, १९ वर्षकी अमृता सुनार, ४५ वर्षका कर्णबहादुर कामी, २९ वर्षका आलोक बोहरा, १८ वर्षकी शोभा रावत, २६ वर्षकी रेखा रावत, ५० वर्षका टिकाराम सुवेदी, ४३ वर्षका राजेन्द्र सिंह थापा, ३२ वर्षका भागिराम चौधरी, २७ वर्षकी कृष्णा चौधरी, २९ वर्षका सुरेन्द्र चौधरी, ३५ वर्षका रामबहादुर चौधरी, ३५ वर्षका लालबहादुर चौधरी, २१ वर्षका मिलन जोशी, ३० वर्षका श्रवण चौधरी, ५३ वर्षका पदम शाही छन् ।

यसैगरी दार्चुलाका ३२ वर्षका मदन सिंह, दार्चुलाकै ३२ वर्षका रमेश सिंह, कैलालीकी उमेर नखुलेकी निर्मला शाही तथा ठेगाना र उमेर नखुलेकी जानकी भट्ट रहेका नवलपुर प्रहरी कार्यालयले जानकारी दिएको छ । अनलाईनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap