नदीको वारि बाजुराको कवाडी बजार र पारितिर हुम्लाको कवाडी बजार


लेखक : सुन्दराञ्चल      साउन ६, २०७९ मा प्रकाशित     
नदीको वारि बाजुराको कवाडी बजार र पारितिर हुम्लाको कवाडी बजार

६ साउन  बाजुरा,   बाजुरा र हुम्लाको सिमानामा छ कवाडी बजार । नदीको वारि बाजुराको कवाडी बजार र पारितिर हुम्लाको कवाडी बजार छ । बिच्छँयाबाट बगेर आउने कवाडी नदीले विभाजन गरे पनि झोलुङे पुलले यी दुई बजारलाई मात्र होइन, दुई जिल्ला र दुई प्रदेशलाई जोडेको छ ।

प्रदेश नै फरक र जिल्ला नै फरक भएकाले वारिपारि दुवै बजारमा प्रहरी चौकी छन् ।  तर २ मिनेटको दुरीमा रहेका दुई प्रहरी चौकीमा खटिएका प्रहरीले पाउने सेवा सुविधामा भने ठूलो अन्तर छ । बाजुराको कवाडी प्रहरी चौकीमा कार्यरत प्रहरीले मासिक रासन भत्ता ८ हजार ५०० रुपैयाँ पाउँछन् भने पारि बजारमा रहेको मैला प्रहरी चौकीका प्रहरीले २० हजार ।

बिहान–बेलुकी चिया खाने ठाउँ एउटै, खाजा खाने ठाउँ र खाद्यान्न किन्ने पसल एउटै रहेको तर आफूहरुले पाउने सुविधा फरक रहेको कवाडी प्रहरी चौकीमा कार्यरत एक प्रहरीले बताए । ‘चौकी स्थापना भएको ठाउँ दुई मिनेटको फरकमा छ, बिचमा पुलले सिमाना छुट्याएको छ तर सुबिधा भने बाजुराको भन्दा हुम्ला जिल्लाका प्रहरी जवानको ११ हजार ५ सय बढी छ,’ उनले भने ।

बाजुराको बिच्छँया प्रहरी चौकी सदरमुकाम मार्तडीबाट तीन दिन पैदल दुरीमा छ भने हुम्लाको मैला प्रहरी चौकी सिमकोटबाट चार दिन पैदल दुरीमा छ । यी ठाउँ दुबै जिल्लाको सर्वाधिक विकटका रुपमा छन् । राज्यले जिल्लाको हिसाबले सुविधा दिने भएकाले कवाडी प्रहरी चौकी होस् वा सदरमुकाम मार्तडीमा कार्यरत प्रहरी होस् रासन भत्ता एउटै रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी सूर्य थापाले बताए ।

जिल्लामा जिल्लाभरी एउटै रासन भत्ता भए पनि हुम्लामा भने तत्लो भेगमा २० हजार छ । माथिल्लो भेगमा २६ हजार रहेको हुम्लाका डीएसपी कृष्ण ओझाले बताए । माथिल्लो भेगमा चीनको सीमामा नाम्खा प्रहरी चौकी छ ।

प्रहरीहरुले कवाडी बजारबाट चामल मोटो प्रतिकेजी ६० देखि ७० रुपैयाँ, नुन प्रतिकेजी ३०, दाल, तरकारी लगायत अन्य दैनिक उपभोग्य सामान महँगो मूल्यमा किनेर खाने गरेका छन् । हुम्लामा कार्यरत प्रहरीलाई त भत्ताले अलिअलि पुग्छ, तर बाजुरामा काम गर्नेलाई भने यो सुविधाले नपुग्ने प्रहरीहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी मोहन आचार्यले सरकारले गरेको निर्णय अनुसार रासन दिने गरेको बताए । जिल्लाभन्दा पनि भौगोलिक अवस्था अनुसार सेवा सुविधाको व्यवस्था गरेमा मात्र प्रहरीलाई न्याय हुने उनले बताए । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap