२ साउन, ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।
वातावरणविद्हरू बढ्दो वन फँडानीको दोष ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई दिन्छन् । उनले यसअघि सरकारले ल्याएका वातावरण संरक्षण नीति उल्ट्याएका छन् ।
उच्च स्तरको वन फँडानीले आगलागीलाई बढावा दिएको अक्सफोर्ड युनिभर्सिटीका डा. मानोएला मचाडो बताउँछन् ।एजेन्सी