फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने


लेखक : सुन्दराञ्चल      असार ३०, २०७९ मा प्रकाशित     
फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने

धनगढी, ३० असार । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने निर्णय गरेको छ ।

समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, मन्त्रालयका सचिव डा. दामोदार रेग्मी, धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाल, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, प्रदेश मन्त्रालयका अधिकारी लगायतले फाप्ला मैदान निमार्ण कार्य द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकले धनगढी उपमहानगरभित्र उपयुक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउने, इआइएको कार्य अघि बढाउन कार्य क्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनोटको काम अघि बढाउने, समितिलाई आवश्यक पर्ने बजेट सरकारसँग माग गर्ने लगायतको निर्णय गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap