झापामा मोबाइल चोरको घरमा छापा हान्दा प्रहरीले भेट्टायो ८० राउण्ड गोली ,


लेखक : सुन्दराञ्चल      असार २९, २०७९ मा प्रकाशित     
झापामा मोबाइल चोरको घरमा छापा हान्दा  प्रहरीले भेट्टायो ८० राउण्ड गोली ,

२९ असार  झापा, । जिल्ला  सदरमुकाम भद्रपुरस्थित प्रियंका मोबाइल पसलमा गत शुक्रबार सटर फुटाएर चोरी भयो । राजु अग्रवालले सञ्चालन गरेको पसलबाट २९ वटा मोबाइल सेट, दुई वटा घडी र नगद ६१ हजार ५ सय रुपैयाँ चोरियो ।

जिल्ला प्रहरी कार्यालय, भद्रपुरमा उजुरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । सञ्चालक अग्रवालले हराएका मोबाइलमध्ये केहीका आईएमईआई नम्बर प्रहरीलाई टिपाए । त्यसको आधारमा ट्रेस गर्दै जाँदा एउटा मोबाइलमा भद्रपुर–५ का एक व्यक्तिको सीम कार्ड सक्रिय देखियो ।

 

उनलाई ट्रेस गरेर गएको प्रहरी टोलीले मोबाइलसहित १८ वर्षीय मोहम्मद प्यारेलाई पक्राउ गर्‍यो । सुरुमा उनले चोरी गरेको स्वीकारेनन् । तर उनको घरमा गएर खनतलासी लिँदा २७ वटा मोबाइलका चार्जर बरामद भयो । साथै, गाडेको अवस्थामा पेस्तोलमा लाग्ने ८० राउण्ड गोली पनि बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए ।

पोखरेलका अनुसार प्रारम्भिक बयानमा उनले भारतबाट गोली ल्याएको बताएका छन् । थप खुलाएका छैनन् । गोलीबारे थप अनुसन्धान भइरहेको उनले बताए । अन्य मोबाइल पनि भारततिर विक्री गरिसकेको हुनसक्ने आशंका गरिउको छ ।

 

प्रहरीले उनको घरबाट मोबाइल पसलमा चोरीका लागि प्रयोग गरिएको रड र पसलको ताला समेत बरामद गरेको छ । घटनामा संलग्न अन्यबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap