सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने झिनो सुधार ,


लेखक : सुन्दराञ्चल      असार २८, २०७९ मा प्रकाशित     
सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने झिनो सुधार ,

२८ असार, काठमाडौं  । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने झिनो सुधार भएको छ । मंगलबार ११।६८ अंकले बढेको बजार १९२७।२८ बिन्दुमा रोकियो ।

कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा समेत सोमबारको तुलनामा वृद्धि देखिएको छ । मंगलबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै होटल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

 

मंगलबार सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ९।३५ प्रतिशतले बढेर २३४ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, यूनाइटेड इन्स्योरेन्स, सनराइज फस्ट म्यूचअल फण्ड, अरुण काबेली पावरसहितका कम्पनीको मूल्य धेरैले बढेको छ । यस दिन नयाँ सारथी लघुवित्त वित्तीय संस्था, आरबीबी म्यूचअल फण्ड, नविल इक्विटी फण्डलगायतको मूल्य भने धेरैले घटेको छ । अरुण काबेली पावरको सबैभन्दा धेरै कारोबार भयो । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap