आज अर्थात सोमबार विश्व जनसंख्या दिवस, कति छ विश्वमा जनसंख्या ?


लेखक : सुन्दराञ्चल      असार २७, २०७९ मा प्रकाशित     
आज अर्थात सोमबार विश्व जनसंख्या दिवस, कति छ विश्वमा जनसंख्या ?

२७ असार, काठमाडौं ।  आज अर्थात सोमबार विश्व जनसंख्या दिवस । हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ ।

सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन लागिएको हो ।

किन चाहियो दिवस ?

सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । बढ्दो जनसंख्याका कारण पर्यावरणमा पर्ने असर, विकास लगायतका क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जनाउन आवश्यक ठानियो । त्यसैले राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गर्‍यो ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार विश्व जनसंख्या दिवसलाई मानवीय प्रगतिको खुसीको रुपमा मनाउन पर्छ । किनकी चुनौतीका वावजुद विश्वमा अहिलेसम्मकै धेरै शिक्षित र स्वस्थ मानिस छन् । मानिसलाई समस्याका रुपमा होइन, समाधानका रुपमा हेर्नुपर्छ ।

यसैलाई ध्यानमा राखेर यो वर्ष दिवसको नारा ‘८ अर्ब मान्छेको विश्व : सबैका लागि उज्ज्वल भविष्य तय गर्नका लागि बढेको कदम, जहाँ अवसर होस्, अधिकार होस र सबैलाई रोजाइको विकल्प होस्,’ तय गरिएको छ ।

कति छ विश्वमा जनसंख्या ?

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख छ ।

जसमा ६५ प्रतिशत मानिस १६ देखि ६४ वर्ष उमेरका छन् ।

६५ वर्षभन्दा माथिका १० र १४ वर्षभन्दा मुनिका २५ प्रतिशत मानिस छन् ।

कोषका अनुसार अबको केही महिनामा विश्वको जनसंख्या ८ अर्ब पुग्ने छ ।

कस्तो छ जनसंख्याको बढ्दो दर ?

२ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो । तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।

२० औं शताब्दीको मध्यपछि विश्वमा जनसंख्या तीव्र गतिमा बढेको छ । सन् १९६५ देखि १९७० को बीचमा सबैभन्दा धेरै प्रतिवर्ष २.१ प्रतिशतको दरमा जनसंख्या बढेको थियो । सन् १९५० देखि २०२० मा विश्वको जनसंख्या ३ गुणा बढेको हो ।
जनसंख्या कोषले सन् २०३० मा विश्वको जनसंख्या साढे ८ अर्ब र सन् २०५० मा ९ अर्ब ७० करोड पुग्ने अनुमान गरेको छ यस्तै सन् २१०० मा पृथ्वीमा १० अर्ब ९० करोड मान्छे हुने उसको अनुमान छ ।

प्रजनन दर र मानिसको आयु बढ्नु तथा तीव्र शहरीकरण, बसाइँ सराइँलगायतको कारणले जनसंख्या बढेको छ । तर पछिल्ला केही दशकको तुलना गर्ने हो भने प्रजनन् दर र मान्छेको आयुमा आकाश पातलको फरक देखिन्छ । सन् १९७० को दशकको सुरुमा विश्वमा एक महिला बराबर औसतमा ४.५ वटा बच्चा हुन्थे । तर सन् २०१५ मा यो घटेर प्रति महिला २.५ भन्दा कम बच्चा हुन्छन् ।

सन् १९९० को दशकमा मान्छेको आयु ६४.५ वर्ष थियो, त्यो बढेर सन् २०१९ मा ७२.६ वर्ष पुगेको छ ।

सन् २००७ मा ग्रामीण क्षेत्रमा बस्ने भन्दा शहरी क्षेत्रमा बस्ने धेरै भएका थिए । सन् २०५० सम्ममा विश्वका ६६ प्रतिशत मानिसको बसोबासा शहरी क्षेत्रमा हुने छ ।

नेपाल र छिमेकी देशको जनसंख्याको स्थिति

नेपालमा १९६८ सालदेखि हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । पहिलो जनगणना गर्दा देशको जनसंख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो । पहिलो जनगणनाको ११० वर्ष पहिला सन् १८०० मा नेपालको जनसंख्या ४० लाख रहेको अनुमान छ । नेपालको राष्ट्रिय जनगणना(२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

विश्वको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या एसिया महादेशमा मछ । जसमा पनि धेरै जनसंख्या भएका देश नेपालसँग जोडिएका छन् । चीन र भारतमा मात्रै विश्वको कुल जनसंख्याको करिब ३५.८ प्रतिशत मान्छे बस्छन् ।

विश्वमा धेरै मानिसको बसोबास रहेको चीनमा १ अर्ब ४४ करोड जनसंख्या छ । जहाँ सन् १८०० मा ३३ करोड जनसंख्या थियो ।

यस्तै अर्को छिमेकी देश भारतको जनसंख्या १ अर्ब ४० करोड छ ।

चीनमा जनसंख्या वृद्धि घट्दो दरमा छ भने भारतमा बढ्दो । त्यसैले अबको ५ वर्षमा भारत विश्वको सबैभन्दा धेरै जनसंख्या हुने देश बन्ने अनुमान छ ।

भ्याटिकन सिटी विश्वमा सबैभन्दा कम जनसंख्या भएको देश हो । जसको जनसंख्या मात्र ८०० छ ।

– एजेन्सीहरुको सहयोगमा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap