बुटवलमा जंगली च्याउ खाँदा १५ जना बिरामी


लेखक : सुन्दराञ्चल      असार १६, २०७९ मा प्रकाशित     
बुटवलमा जंगली च्याउ खाँदा १५ जना बिरामी

असार १६ बुटवलमा जंगली च्याउ खाँदा १५ जना बिरामी परेका छन् । बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जंगली च्याउ खाँदा बिरामी परेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

 

उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसियूमा उपचार भइरहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap