केजी हस्पिटलमा दन्त रोग सेवा सुरु


लेखक : सुन्दराञ्चल      असार १५, २०७९ मा प्रकाशित     
केजी हस्पिटलमा दन्त रोग सेवा सुरु

धनगढी, १५ असार। छोटो समयमा गम्भिर खालका सम्पूर्ण रोगको उपचार गर्दै आएको केजी हस्पिटल धनगढीमा दन्त रोग सेवा समेत सुचारु गरिएको छ ।
हस्पिटलले दैनिक रुपमा डेण्टल सर्जन द्वारा दाँतको परीक्षण, आधुनिक मेसिनबाट उपचार, दाँतको एक्सरेका साथै दाँतको खोल राख्ने लगायतका सेवाहरु सुचारु गरेको अस्पतालका सञ्चालक तथा बरिष्ठ सर्जन डा. दिपक सिंहले बताए ।
अस्पतालले दाँतको जरै देखि उपचार दाँत सफा गर्ने टल्काउने कृतिम दाँत राख्ने, नमिलेको दाँतलाई मिलाउने , दाँतको आकस्मिक उपचार सेवा लगाएत सम्पुर्ण उपचार सुरु गरेको जनाएको छ । धनगढी उपमहानगरपालिकाको चौराहामा रहेको केजि हस्पिटलले सघन उपचार सेवा सहित केहि वर्ष देखि सुदूरपश्चिमका जनतालाई सेवा दिइरहेको छ । सञ्चालक डा. सिंह आफै सर्जन डा. भएको र सञ्चालक सोनी कठायत सिंह समेत वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ भएको हुँदा अन्य हस्पिटलको भन्दा सुलभ रुपमा जटिल खालका अप्रेशन लगात सुविधा दिदै आएको डा. सिंहले बताए । के.जी. अस्पतालले पेट, हाड जोर्नी, पाठेघरको अप्रेशन आन्द्रा, पायल्स, लगायतको अप्रेशनमा एक दर कायम गरेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap