काठमाडौं २४ जेठ, । सुगर भनौं वा मधुमेह, यो रोगलाई अहिले विश्व स्वास्थ्यकै चुनौतीको रूपमा हेरिन्छ । नेपालमा पनि मधुमेह तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो समय युवाहरूमा पनि मधुमेह देखिन थालेको छ । यो रोग यसरी फैलिरहेको छ कि प्रायः घरमा एक जना सुगरको बिरामी भेटिन्छन् ।
यसरी फैलिरहेको सुगरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय महत्त्वपूर्ण छ । एक्कासी सुगर लेभल किन बढ्छ रु एक्कासी सुगर लेभल बढे के हुन्छ रु लगायतका विषयमा केन्द्रित रहेर मधुमेह रोग विशेषज्ञ डा।ज्योति भट्टराईसँग गरिएको कुराकानी स्
मान्छेको सुगर लेभल तलमाथि वा घटबढ भइरहन्छ ।
मधुमेहको रोग नभएको व्यक्तिमा सुगर लेभल सन्तुलित नै रहन्छ । तर मधुमेहको बिरामीहरूमा भने सुगर लेभल घटबढ भइरहन्छ । मधुमेह भएका व्यक्तिले यसको सन्तुलन मिलाउन नजानेको खण्डमा यो घटबढ हुन्छ ।
मधुमेहका बिरामी, सुगर लेभल बढाउने औषधि सेवन गरेको अवस्थामा, खानामा अन्नको मात्रा बढी भयो भने र चिनी तथा चिनीजन्य पदार्थको बढी सेवन गर्यो भने सुगर लेभल बढ्न सक्छ ।
सुगर लेभल कति हुनुपर्छ रु
मधुमेहको रोग नभएका व्यक्तिको सुगर लेभल खाना खानुअघि ८० देखि १०० हुनुपर्छ भने खाना खाएपछि १२० देखि १४० हुनुपर्छ ।
के कस्तो अवस्थामा सुगर लेभल बढ्न सक्छ,
मधुमेहका बिरामी, सुगर लेभल बढाउने औषधि सेवन गरेको अवस्थामा, खानामा अन्नको मात्रा बढी भयो भने र चिनी तथा चिनीजन्य पदार्थको बढी सेवन गर्यो भने सुगर लेभल बढ्न सक्छ ।
अचानक बढेको सुगर लेभल आफैं नियन्त्रणमा आउँछ कि त्यसका लागि औषधि वा उपचार गर्नुपर्छ रु
अचानक बढेको सुगर लेभल आफैं नियन्त्रणमा आउन गाह्रो नै हुन्छ । चिकित्सकको सल्लाह अनुसार खानपानमा नियन्त्रण गर्ने, व्यायाम गरेर शरीरको तौल नियन्त्रण गर्ने गर्दा भने सुगर लेभल बिस्तारै कम हुन्छ । चिकित्सकको सल्लाह अनुसार नै औषधि उपचार पनि गर्नुपर्छ ।
वंशाणुगत कारणले पनि सुगर लेभल बढ्छ अर्थात् मधुमेह हुन्छ,
जेनेटिक कारणले पनि सुगर लेभल बढ्ने वा मधुमेह हुने सम्भावना धेरै हुन्छ । तर कति प्रतिशत सम्भावना हुन्छ भनेर यकिन रूपमा भन्न भने सकिंदैन ।
कोभिडपछि मधुमेहका बिरामीको संख्या बढेको छ भनिन्छ, त्यस्तो हो रु
कोभिडको तनावले, कोभिडको औषधि प्रयोग र कोभिड संक्रमित भएको व्यक्तिमा इन्सुलिन निकाल्ने प्यानक्रियाजलाई असर गर्छ भनिएको छ । त्यसैले कोभिडपछि धेरैलाई यो समस्या देखिएको छ ।
सुगर लेभल बढ्नुमा हाम्रो खानपान कति जिम्मेवार छ रु
अहिले जीवनशैली एकदमै परिवर्तन भएको छ । हाम्रो खानपान पनि परिवर्तन भएको छ । जंकफुड र प्याकेट फुड खाने चलन बढेको छ । त्यसलाई पचाउन व्यायाम गर्ने समय छैन । कोक, फ्यान्टा जस्ता सुगर बढी भएका पेय पदार्थ सेवनले पनि सुगर लेभल बढाउन भूमिका खेलेको छ ।
कस्तो खानपानले सुगर लेभल बढ्छ ,
कस्तो खानपानले सुगर लेभल बढ्छ भनेर त धेरै चिकित्सकहरूले भन्दै आएका छन्, तर कार्यान्वयन भने भएको छैन । भनेर मात्र हुँदैन त्यो कुरा लागू पनि हुनुपर्छ । जंकफुड, प्याकेट फुड, कोक फ्यान्टा जस्ता खानेकुराको सेवनले सुगर लेभल बढ्छ ।
चिनी वा अन्य गुलियोजन्य पदार्थ र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा सुगर लेभल बढ्छ भनिन्छ, के यो साँचो हो रु
एकदमै साँचो हो । चिनी, गुलियोजन्य वा कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा सुगर लेभल बढ्छ । कार्बोहाइड्रेटयुक्त खाना पनि पछि सुगरमा नै परिणत हुने हो, त्यसैले चिनी र गुलियोजन्य खानेकुरासँगै कार्बोहाइड्रेटयुक्त खानेकुराले सुगर लेभल बढ्छ ।
सुगर लेभल नियन्त्रणका लागि कस्तो खानपान जरुरी हुन्छ ,
हाम्रो नेपालमा अन्नले मात्र पेट भर्ने चलन छ । तर यो गलत हो हामीले यस्तो चलन हटाएर मिक्स खानेकुरा खानुपर्छ । अन्नको मात्रा अलि घटाउनुपर्छ र तरकारी, फलफूल, गेडागुडी माछामासु जस्ता प्रोटिन र रेसायुक्त खानेकुराको मात्रा बढाउनुपर्छ ।
सुगर लेभल कस्तो अवस्थामा हुँदा औषधि खानुपर्ने हुनसक्छ ,
सुगर लेभल खाना खानुअघि ८० देखि १०० भन्दा माथि र खाना खाएपछि भने १२० देखि १४० एमजी÷डीएल भन्दा माथि छ भने औषधि खानुपर्छ । सुगर लेभल एकदमै बढेर अस्पताल नै भर्ना हुनु परेको छ वा गर्भवती महिलामा सुगर लेभल बढेको छ भने इन्सुलिन नै चलाउनुपर्छ ।
औषधि जीवनभर खानुपर्छ कि निश्चित अवधिसम्म खाए हुन्छ रु
मधुमेहलाई नियन्त्रणमा राख्न जीवनभर नै औषधि खानुपर्ने हुनसक्छ । तर केही यस्ता केसहरू पनि छन्, जसले आफ्नो जीवनशैली र खानपिनमा सुधार गरेर औषधि छाडेका पनि छन् । औषधि छोड्न मिल्छ भनेर चिकित्सकको सल्लाहबिना आफूखुसी औषधि छाड्न भने मिल्दैन, यसले झन् नराम्रो असर गर्न सक्छ ।
मधुमेह हुनै नदिन के गर्ने ,
विभिन्न देशमा धेरै खानेकुरामा सुगर ट्याक्स लगाइन्छ । त्यसको प्रयोग कम होस् भनेर । त्यसैले हाम्रो देशमा पनि त्यस्ता खानेकुरालाई सुगर ट्याक्स लगाउनुपर्छ । यसले गर्दा समुदायमा नै मधुमेहको जोखिम कम हुन्छ ।
व्यायाम गर्ने, उचाइ अनुसार तौल कायम गर्ने, स्वास्थ्य खानपानमा ध्यान दिने, धुम्रपान मद्यपान नगर्ने र प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेसादार खानेकुरा खाने आदि कुरामा ध्यान दिन सकियो भने मधुमेहको जोखिम कम हुन्छ ।