नेपालले यू–१९ महिला विश्वकप एसिया छनोट,असफल


लेखक : सुन्दराञ्चल      जेष्ठ २४, २०७९ मा प्रकाशित     
नेपालले यू–१९ महिला विश्वकप एसिया छनोट,असफल

२४ जेठ,  काठमाडौं । नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो ।

यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।

एसिया छनोटमा ६ टोली सहभागी छन् । नेपालले आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपमा छनोट नहुने निश्चित भएको हो । नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । अपराजित थाइल्याण्डको समान खेलबाट ८ अंक भएको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यसअघि कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा युएईसँग १० विकेटको हार ब्यहोरेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको नेपाल ८ रनमै अलआउट भएको थियो ।

सोमबार भएको तेस्रो खेलमा नेपालले भुटानविरुद्धलाई ४ विकेटले हराएको थियो ।

मलेसियाको किनरारा ओभरमा ९० रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमै समेटियो । कमजोर सुरुवात गरेको नेपालको सुरुवाती दुवै विकेट रनआउट भएको थियो । तेस्रो ओभरमा ओपनर अन्जली विश्वकर्मा (३) र पाँचौं ओभरमा सानु राजवंशी (०) तालमेलको अभावमा रनआउट हुन पुगेका थिए । नेपालका चारजना ब्याटर रनआउट भएका थिए ।

नेपाली टोलीका कुनै पनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । अर्की ओपनर साना प्रविणले ६ रन बनाउँदा शृष्टि जैसीले अविजित ७ र जोडिन् । अनु कडायत ५, कप्तान कृतिका मरासिनी ३ र विकेटकिपर ब्याटर रन्जु श्रेष्ठ १ रनमै आउट भए । नेपालले ११ अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ थाइल्याण्डकी नान्थिता बुन्सुकामले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८९ रनको योगफल खडा गरेको थियो । थाइल्याण्डका लागि ओपनर बान्थिदा लिपाथानाले १९, थिपात्चा पुथावोङले २० र सुवानान खियातोले १६ रन बनाए ।

बलिङतर्फ नेपालकी कप्तान कृतिका मरासिनी र मनिषा कुमारी उपाध्यायले २–२ विकेट लिदए । स्नेहा महराले १ विकेट लिइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap